नियम २८
भाँडोलाई सिलबन्दी गर्ने तरिका
निरीक्षण अधिकृतले नियम २९ को उपनियम (३) बमोजिम उपभोग्य वस्तु राखिएको भाँडोलाई देहाय बमोजिम गरी सिलबन्दी गर्नु पर्नेछ :
(क) भाँडोभित्र राखिएकोमा उपभोग्य वस्तुको नाम तथा परिमाण, र सांकेतिक संख्या भए सो समेत भाँडो बाहिर स्पष्ट अंकित गरी,
(ख) भाँडोभित्र राखिएको उपभोग्य वस्तु चुहिन वा बाहिर आउन नसक्ने गरी बन्द गरी बिर्को लगाई,
(ग) बिर्को खोल्न नसक्ने गरी विर्को र भाँडो धागोले बाँधी,
(घ) सिलबन्दी नउप्काई भाँडोलाई खोल्न नसक्ने गरी ।